वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
नेपालमा हुलाक सेवाको सुरुवात वि.सं. १९३५ सालमा भएको हो । हुलाक वस्तु आदानप्रदान गर्नका लागि वि.सं.२०१७ सालमा शाखा हुलाक कार्यालय स्थापना भई छोटी हुलाक हुँदै वि.सं. २०४९ सालमा जिल्ला हुलाक कार्यालय खाँदबारी, संखुवासभाको नामबाट स्थापना भएको संघीय कार्यालय हो । यस जिल्ला हुलाक कार्यालय खाँदबारी,संखुवासभा, खाँदबारी नगरपालिका वडा नं. ७ नयाँबजार स्थित आफ्नै भवनमा संचालित रहेको छ ।हाल जिल्ला हुलाक कार्यालय खाँदबारी, संखुवासभा अन्तर्गत ९ वटा पालिकास्तरको हुलाक कार्यालय, १ हुलाक काउन्टर र १८ वटा अतिरिक्त हुलाक रहेका छन्। संखुवासभा जिल्लामा संघीय संरचना बमोजिम ५ नगरपालिका र ५ गाँउपालिका गरी जम्मा १० स्थानीय तहहरु रहेका छन् । खाँदबारी नगरपालिका वडा नं. ७ मा जिल्ला हुलाक कार्यालय खाँदबारी, संखुवासभा, वडा नं. ९ मा हुलाक काउन्टर तुम्लिङटार संखुवासभा, हुलाक कार्यालय चैनपुर नगरपालिका, चैनपुर संखुवासभा, हुलाक कार्यालय मादी नगरपालिका, मादी संखुवासभा, हुलाक कार्यालय धर्मदेवी नगरपालिका, माम्लिङ संखुवासभा, हुलाक कार्यालय पाँचखपन नगरपालिका, वाना संखुवासभा, हुलाक कार्यालय सभापोखारी गाँउपालिका,बाह्रविसे संखुवासभा, हुलाक कार्यालय चिचिला गाँउपालिका, चिचिला संखुवासभा, हुलाक कार्यालय मकालु गाँउपालिका, हेदाङ्ना संखुवासभा, हुलाक कार्यालय भोटखोला गाँउपालिका, हटिया संखुवासभा, हुलाक कार्यालय सिलीचोङ गाँउपालिका,ताम्कु संखुवासभा रहेका छन्।